
काठमाडौं। भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिरासतमा लिएका शाहीलाई तत्काल रिहा गर्न मागगर्दै शाहीका तर्फबाट महेश डंगालले सर्वोच्चमा बन्दीप्रत्यक्षी करणको रिटदायर गरेका थिए।उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयक्तु इजलाशले शाहीलाई रिहागर्न फैसला जारी गरेको हो। आदेशपछि प्रहरी हिरासतमा रहेको शाही थुनामुक्त हुनेछन्।




किन पक्राउ परेका थिए शाही ?

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीले आफूले बोलाएको पत्रकार सम्मेलनमा पत्रकार उपस्थित नभएको भन्दै पत्रकारविरुद्ध कडा टिप्पणी गरेका थिए। गत वैशाख १८ गते आफूले आयोजना गरे को पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए ।
पत्रकारलाई ‘दलाल र कुकुर’भन्दै जुम्लाका ज्ञानेन्द्र शाही अनलाइन र युट्युब च्यानलमा अन्तवार्ता दिँदै हिँडेका थिए । शाही विरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीको जाहेरीका आधार मा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो । शाहीलाई जेठ १५ गते खुल्लामञ्चबाट प्रहरीले पक्राउलगत्तै हिरासतमा नराखेर काठमाडौं पठाएको थियो ।