१२ वायुसेवाले नेपालमा अझै नियमित उडान गर्न सकेन

काठमाडौं : नेपालमा उडान गर्दै आएका १२ वटा वायुसेवाले अझै नियमित उडान गर्न सकेको छैन । १४ देशमध्ये थाइल्यान्ड, भारत, बंगलादेश र सिंगापुरबाट यात्रु अभावका कारण १२ वटा वायुसेवाले अझै नियमित उडान थाल्न सकेका छैनन् ।

कोरोना महामारीका कारण गत वर्षको चैतदेखि बन्द रहेको अन्तर्राष्ट्रियतर्फको उडान नेपाल सरकारले गत भदौ १६ गतेदेखि खुला गरेको थियो ।

बिज्ञापन

नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान पुनः शुरु भएपछि १० वटा मुलुकका वायुसेवाले मात्रै नियमित उडान थालेका छन् । अन्य ४ वटा मुलुकबाट नियमित उडान शुरु हुन सकेको छैन ।

प्राधिकरणको हवाई यातायात महाशाखाका अनुसार, नेपालमा दक्षिण कोरिया, मलेसिया, हङकङ, थाइल्यान्ड, सिंगापुर, भुटान, चीन, बंगलादेश, भारत, ओमन, यूएई, कतार, कुबेत र टर्की गरी १४ वटा मुलुकबाट उडान हुन्छ । जसमा नेपालका तीन वटा नेपाली वायुसेवासहित ३० वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति लिएका छन् । तर, हिउँदयामको तालिकाका लागि १८ वटा वायुसेवाले मात्रै अनुमति लिएका छन् ।