
सुनसरी । धरानमा कोरोना संक्रमित १९ वर्षीया युवतीको मृत्यु भएको छ । सुनसरी जिल्लाको बराह-५ की १९ वर्षीया युवतीको शनिबार बिहान मृत्यु भएको छ ।

बिहान ४:३० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
बिज्ञापन



मृतकमा पहिलेदेखि नै दीर्घ रोग भएको समेत डा. श्रेष्ठले बताए । शवको नियमानुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।
