झापामा ७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या

दमक । मेचीनगर–१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि एक वृद्धाको बलात्कारपछि हत्या भएको छ ।

अर्जुनधारा–११ की ७० वर्षीया माइना हस्दाको हत्या गरिएको अबस्थामा शब राजमार्गको कल्भर्ट मुनि आज विहान फेला परेको हो ।

बिज्ञापन

आज बिहान अभियुक्त आफैले प्रहरीलाई बृद्धाको लास भेटिएको खबर गरेका अभियुक्त भद्रपुर–४ का ३५ वर्षीय विशाल बिर्जालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्जाले बुधवार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीका जिल्ला प्रवक्ता राकेश थापाले बताए ।