पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६१ हजार ८५९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६३७ रहेको छ । त्यसैगरी, सक्रिय संक्रमितको संख्या ५४८७ छ ।

बिज्ञापन

यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण हालसम्म कुल १८७८ ले ज्यान गुमाएका छन् ।