
झापा । गौरादह २ स्थित अमर मा.वि. का प्रधानाध्यापकले कम्प्युटर ल्याब व्यवस्थापनको कोटेसन आह्वानमा आफुहरु बाट गम्भीर त्रुटि भएको भन्दै गल्ती स्वीकारेका छन् ।
उनले हतारमा आएको बजेटलाई फास्ट ट्र्याकबाट जानको लागि जारी गरिएको सूचनामा कमीकमजोरी भएको भन्दै अर्को सूचना प्रकाशित गरेका छन् ।
७ दिनको म्याद भनेर बिधालयले जेष्ठ ३० गते टेन्डर आह्वान शिर्षकमा सूचना प्रकाशन गरेका थियो तर उक्त सूचना टासेकै दिन समय सकिएको थियो ।
सूचना टासिंने बित्तिकै ओमकार टाइम्सलाई उक्त खबर प्राप्त भएको थियो । ओमकार टाइम्सले अनियमितताको पर्दाफास गरेपछी प्रधानाध्यापक चिन्तामणी काफ्लेले गल्ती स्वीकार गरेका थिए ।
जिल्ला शिक्षा इकाई समिती बाट आर्थिक बर्ष सकिनै लाग्दा मात्र बजेट पठाएकोले समय अभावका कारण फास्ट ट्र्याक रोज्नुपरेको प्र.अ. काफ्लेले सञ्चारकर्मीलाइ बताए । नयाँ सूचना टास गरिएको भनिएता पनि पत्रपत्रिका वा अन्य कुनैपनी सञ्चारमाध्यममा उक्त सूचना प्रकाशन गरिएको छैन ।
सामुदायिक बिधालयमा हुनेगरेका अनियमितता र संस्थागत भ्रस्टाचार प्रति सरोकारवाला निकायहरु मुकदर्शक भएर बस्नु आपत्तिजनक भएको स्थानीयले बताउने गरेका छन् ।
अनियमितता र भ्रष्टाचारको खेलमा मुछिदै गएको गौरादह नगरपालिका र यसको मातहतको निकाय नगर शिक्षा शाखाको मिलेमतोमा के कति अनियमितता मौलाएको छ खोजीको विषय भएको सरोकारवालाले बताउदै आएका छन् ।