सुनको मूल्य ८०० ले बढ्यो, तोलाको कति ?

काठमाडौँ : साताको पहिलो दिन(आइतबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैंयाले बढेको छ ।

शुक्रबार प्रतितोला ८८ हजार २०० रुपैंयामा कारोबारमा भएको सुनको मुल्य आज तोलामा ८०० रुपैंयाले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

बिज्ञापन

तेजावी सुनको मूल्य ८८ हजार ५५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य पनि २५ रुपैंया बढेर प्रतितोला १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।शुक्रबार चाँदीको मूल्य १३ सय ५ रुपैंयामा कारोबार भएको थियो ।