
बाजुरा । बूढीनन्दा नगरपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट रहेका छन् ।
सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो।
घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टी जानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।