
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। बुधबार साँझ राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितलनिवास पुगेका थिए। उनीहरु बीच समसामयीक राजनीतिक कुराकानी भएको शितल निवास स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार साँझ ७ः४५ बजे शितल निवास पुगेका थिए। राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणपछि यो उनीहरुको पहिलो भेट हो । राजनीतिक तंरग बढिरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई चासोका रुपमा लिइएको छ।
बिज्ञापन



