
गएराति हावाहुरी सहितको वर्षाका क्रममा पूर्वी पहाडी जिल्ला भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिनेकी ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् ।
बिज्ञापन



प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बिहीबार बेलुका ७ बजे रोहिता आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल लाने तयारी हुँदै गर्दा राती ११ बजेतिर घरमै मृत्यु भएको हो ।

भोजपुरकी मनमायाको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो ।
मनमायापनि विहीबार बेलुका ६ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङबाट बेहोस भइ लडदा टाउकोमा चोट लागेर घाईते भएकी थिइन् ।