इटहरी-१५ का वडाअध्यक्ष जुवा खेल्दा खेल्दै समातिए। ओमकार टाईम्स

सुनसरी । इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरी जुवाको खालबाट पक्राउ परेका छन् ।

 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार जुवा खेलिरहेको अवस्थामा वडाध्यक्ष चौधरीसहित पाँचजनालाई पक्राउ गरिएको छ ।

 

 

डीएसपी फुयाँलले भने, ‘हामीले मंगलबार राति जुवा खेल्दा खेल्दै फेला पारेपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएका हौं ।’ उनका अनुसार दुहबी नगरपालिकाको पूर्वी कुसाहाबाट २ लाख ८४ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गरिएको छ ।

 

फुँयालका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष श्रवण चौधरी, मोरङको ग्रामथान गाउँपालिका–६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान– ५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका–३ का ४२ वर्षीय रमेश चौधरी र जोगेन्द्र उराउ पक्राउ परेका हुन् ।

 

उनीहरुविरुद्ध जुवासम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट सात दिनको अनुमति लिइसकेको प्रहरीको भनाइ छ ।