
दमक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरस पुष्टि भएको छ।सोमबार बिहान उनको रिपोर्ट पोजिटिभ देखिएको हो।ज्वरो आएपछि उनले आँफ्नो स्वाब परिक्षण गराएका थिए।
हाल उनी आइसोलेसनमा छन्।लक्षणले च्यापे पनि मनोबल उच्च राखेको उनले बताए।आइतबार स्टार अस्पतालमा स्वाब परिक्षण गराएका शर्मा हाल डाक्टर अनुप बास्तोलासँग उचित परामर्श लिई स्वास्थ्य लाभ गरिरहेका छन्।