
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थी नेताहरुले दल दर्ताको निवेदन दिएका छन् ।

आइतवार नेपाल निकट युवा नेता जीवन राई अध्यक्ष रहेको उक्त दलमा नेकपा एकिकृत नाम राखेर दल दर्ताका लागि नेताहरु निर्वाचन आयोगमा पुगेका हुन् ।
बिज्ञापन



गत वैशाख ७ गते नै दल दर्ताको निवेदन दिएका थिए तर दर्ता प्रक्रिया नै रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार उक्त दलमा २५ जना सदस्य रहेका छन् । जसको अध्यक्ष जीवन राई, उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐन विक्रम कुँवर र कोषाध्यक्ष सुशीला खनाल रहेका छन् । पार्टी दर्ताका लागि परेका निवेदनका बारेमा अध्ययन भइरहेको आयोगले जनाएको छ ।