पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षाले  सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड शुक्रवार रातीदेखि अवरुद्ध भएको हो । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको सिसुवा क्षेत्रमा पहिरो खसेको छ ।

 

बिज्ञापन

सडक खुलाउन केही समय लाग्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।  अहिले पहिरो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ ।

 

त्यस्तै तानसेन नगरपालिकाले खनेको सडकमा समेत पहिरो खसेर काजिपैवाका केही घर जोखिममा परेको तानसेन ७ का वडा अध्यक्ष मुक्तिराम जिसीले जानकारी दिनुभयो । निरन्तरको वर्षाले जिल्लाका ग्रामीण क्षेत्रमा जाने सडक समेत अवरुद्ध बनेका छन् ।