
रौतहट । श्रीमतीलाई एसिड प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

३८ वर्षीय श्रीमतीलाई एसिड प्रहार गरेर घाइते भएपछि चन्द्रपुर नगरपालिका-४ चपुर चोकका ४२ वर्षीय पुरुषलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।
बिज्ञापन



प्रहरीका अनुसार सामान्य घरायसी विवादमा श्रीमानले एसिडले आक्रमण गरेका हुन् ।

घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।