ट्रयाक्टर दुघर्टनामा दुईजनाको मृत्यु

रौतहटमा सोमबार मध्य राति भएको ट्रयाक्टर दुघर्टनामा दुईजनाको मृत्यु भएको छ। ट्रयाक्टर दुर्घटनामा रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ४ निवासी ट्रयाक्टर चालक २० वर्षीय कोबिन्द्र पटेल र वडा नम्बर ३ का १९ वर्षीय गोबिन्द पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

देवाही गोनााही नगरपालिका–४ स्थित लालबकैया नदीको बाँधमा सोमबार मध्य राति १२ बजे ना ४ त १५०७ नम्बरको ट्रयाक्टर दुघर्टना भएको थियो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिए।थप दुईजना घाइते भएका छन्। उनीहको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको चिमरियाले बताए।

बिज्ञापन