भारतले गर्‍यो १५० आइसियु बेड हस्तान्तरण

कोरोना भाइरसको संक्रमणले देशैभर आइसियु बेड अभाव झेलेको नेपाललाई भारत सरकारले १५० वटा आइसियु बेड सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।  स्वास्थ्य मन्त्रालयले गरेको एक समारोहमा मन्त्री कार्कीले स्वास्थ्य सामग्री तथा उपकरण बुझ्दै भारत सरकारलाई सहयोगका लागि धन्यवाद दिएका थिए ।  आफैँमा कोभिड महामारीको सामना गरिरहेको भारतले यसअघि पनि स्वास्थ्य सामग्री तथा उपकरणहरू उपलब्ध गराउँदै आएको थियो ।

 

बिज्ञापन

गएको जेठ २८ मा भारतीय सेनाले नेपाली सेनालाई सहयोग सामग्री दिएको थियो । भारतीय सेनाले पठाएको २८ करोड ८० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपहरण तथा सामग्री भद्रकालीस्थित सैनिक मुख्यालयमा एक सानो समारोहका बीच राजदूत क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सहयोग हस्तान्तरण गरेका थिए । भारतले त्यतिबेला भेन्टिलेटर, एम्बुलेन्स, आइसियु बेड, पिपिई किट्स, पीसीआर परीक्षण किट्सलगायतका मेडिकल उपकरण दिएको थियो ।