भ्रष्टचारीविरुद्ध  आक्रामक अख्तियार, हिरासत कक्ष खचाखच | OmkarTimes.com

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही तीव्र पारेपछि पक्राउ परेका व्यक्तिका लागि अख्तियारको हिरासत अपुग भएको छ।

 

बिज्ञापन

अख्तियारको कारवाहीमा रंगेहात पक्राउ परेकाहरुलाई राखिदा अख्तियारको हिरासत भरिन पुगेको छ।आयोगले रंगेहात पक्राउ परेका २७ जनासँग अनुसन्धान गरिरहेको छ । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा सोमबारसम्म २७ जना पुगेका छन्।

 

रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव रहेको अख्तियार स्रोतले जनाएको छ।

 

‘हिरासत कक्ष खचाखच अभियुक्तहरूले भरिएका छन्, अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धान प्रक्रिया सकेर मुद्दा दर्ता गर्ने तयारीमा छौं।’ पछिल्लो समय रंगेहात पक्राउ पर्ने क्रम बढिरहेको बेला ठाउँको भने अभाव रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।