यि हुन् ओली सरकारका सबैभन्दा खर्चिला मन्त्री, आधा दर्जन भन्दा बढी गाडी प्रयोग गर्छन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका खर्चिलो मन्त्रीमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको नाम पहिलो नम्बरमा आएको छ ।

 

बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका छन् ।

 

यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका चार गाडी र सात मोटरसाइकल लिएको छ ।

 

२०७४ मा संशोधित ‘मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २५६ लिटर पेट्रोल र त्रैमासिक रुपमा ५ लिटर मोविल’ मात्र पाउने उल्लेख छ । तर उनले यसभन्दा बढी सुबिधा लिइरहेका छन् ।

 

यस बारे बुझ्न खोज्दा मन्त्री बस्नेतले प्रतिक्रिया दिन नचाहेको कान्तिपुर दैनिकले छापेको छ ।