सुर्खेतमा बम विष्फोट, २ जना घाइते

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार बम विस्फोट हुँदा घाँस काट्न गएका दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले दिएको जानकारीअनुसार घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।

बिज्ञापन

घाइतेहरूको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।