आफूलाई इजलासमा राखेनन् प्रधानन्यायाधीशले

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार आफूलाई इजलासमा राखेका छैनन् । सर्वोच्च अदालतको दैनिक पेसी सूचीमा १० वटा इजलास छन्, तीमध्ये कुनै पनि प्रधानन्यायाधीश जबरा छैनन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने घोषणा गरे पनि दैनिक पेसी सूचीमा विभिन्न मुद्दालाई समेटिएको छ । मंगलबारका लागि कुल २७९ मुद्दा पेसीमा राखिएको छ ।

बिज्ञापन

बार एशोसिएसनले पनि इजलास बहिष्कारको घोषणासहित आन्दोलन गर्दै आएको छ । बारले प्रधानन्यायाधीश जबराको राजीनामा नै विद्यमान समस्याको एकमात्र निकास भन्दै आएको छ ।