सुनचाँदीको मूल्य घट्यो !

काठमाडौं । विहिवार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको छ ।

 

बिज्ञापन

अन्तराष्र्टिय बजारमा सुनको भाउमा तलमाथि हुदा नेपाली बजारमा पनि तत्काल असर पार्छ । पछिल्लो समय सुनको भाउ आकाशिदै गएको बेला बिहीवार भने घटेको हो ।

 

नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार फाइन गुणस्तरको सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।

 

त्यस्तै, तेजवी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोवार भएको । त्यस्तै चाँदी बुधबार भन्दा १० रुपैयाँले घटेर प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भएको छ ।