तन जापानमा मन नेपालमा , बिदेशबाट पैसा पठाएर राहात बितरण घरभाडा पनि मिनाहा

 

जानुका निरौला 

झापा — नेपालीहरु यतिबेला लक डाउनको सामना गरिरहेका छन् । यो समयमा दैनीक ज्यालादारी गर्ने र अति बिपन्न परिवारकालाई दैनीक छाक टार्न समस्या भईरहेको छ । यतिबेला त्यसरी दैनीक ज्यालामजदुरी गरेर जिबिकोपार्जन गर्दै आएकाहरुलाई राहत उपलब्ध गराउने क्रम पनि बढ्दै गएको छ ।

 

यहि क्रममा झापाको दमक स्थायी घर भई हाल रोजगारीका शिलशिलामा जापानमा रहनुभएकी नेपाली चेली पुष्पा बजगाई गौतमलेपनि राहत उपलब्ध गराउनुभएको छ । आफ्ना श्रीमान बिनोद गौतम मार्फत उहाले दमक नगरपालिका वडा नम्बर ९ का १० जना र वडा नम्बर ४ का १० जना अति बिपन्न परिवारलाई राहत उपलब्ध गराउनुभएको हो ।

 

यस्तै यो जोडीको दमक ४ स्थित चियादोकन नजिकै रहेको घरमा भाडामा लिएर ४ वटा बिभिन्न पशलहरुसञ्चालन गर्नेहरुलाईपनि चैत महिनाको भाडा मिनाहा गरेको घोषणा समेत गर्नुभएको छ । यस्तो बिषम परिस्थितीका समयमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुनै सबैभन्दा ठुलो धर्म भएकाले आफुहरुले सहयोग गरेको गौतमको भनाइ छ ।

 

आज सो राहत वडा सदस्यहरुले उपलब्ध गराएको नाम अनुसारका सम्बन्धित परिवारका सदस्यलाई हस्तान्तरण गरिएको हो । सो हस्तान्तरण कार्यक्रममा पुष्पाका श्रीमान बिनोद गौतमले राहत बितरणको कुनैपनि तस्बिर र भिभडियो नखिचिदिन सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभएको थियो । उहाले राहत उपलब्ध गराईयो भनेर सामाजिक सञ्जाल र मिडियामा देखाउने भन्दपनि समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउदानै धेरै आनन्द अनुभूति हुने बताउनुभयो ।