चिप्लिएर लड्दा सुनकोशी नदीमा विद्यार्थी बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाँउपालिका ७ मा रहेको बालशिक्षा माध्यमिक विद्यालय कक्षा ७ मा अध्यायनरत एक छात्र विद्यालय आँगनमै जोडिएको सुनकोशी नदीमा परेर बेपत्ता भएका छन् ।

 

बिज्ञापन

सो विद्यालयका विजय नेपाल बिहान ९ बजेर ३० मिनेटका समयमा विद्यालयकै आँगनमा रहेको सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।

 

सो समयमा नेपाल सहित अरु विद्यार्थी टीटी बल खेलिरहेको र बल नदी छेउमा पुगेपछि लिन जाँदा नेपाल चिप्लिएर लड्दा नदीमा परेको सो विद्यालयका प्रधानाध्यापक वासु पौडेलले बताउनु भयो ।

 

सो विद्यालय र सुनकोशी नदी संगै जोडिएको छ । विद्यालय आँगनमै जोडिएको नदीमा ४ फिटको तारवारले छेकेको छ । शिक्षक र विद्यालयको लापरवाहीका कारण उक्त घटना भएको बेपत्ता भएका नेपालको भाउजु देउती नेपालले पीडा ब्यक्त गर्नुभयो ।

 

बेपत्ता नेपालको खोजिकार्य जारी रहेको लामोसाँघु प्रहरी कार्यालयले जनाएको छ । खोजिकार्यमा प्रहरी, स्थानीय विद्यालय लागिरहेको छ । आज विद्यालय बन्द गरिएको छ । विद्यार्थीहरुको राम्रोसँग रेखदेख नगर्दा उक्त घटना भएको स्थानीय राजेन्द« कार्कीले आरोप लगाउनु भयो ।