एमसीसी खारेजीको माग गर्दै बानेश्वरमा प्रदर्शन

काठमाडौं— एमसीसी खारेजीको माग गदै विभिन्न संघ संगठनहरुले बानेश्वरमा प्रदर्शन गरेका छन् ।

गो ब्याक अमेरिका, अमेरिकी साम्राज्यवाद मुर्दावाद, नेपाल आमा जिन्दावाद, एमसीसी खारेज गर लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

बिज्ञापन

सो क्रममा उनीहरुले संसद भवन घेराउ गरेका थिए ।

एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । केहीलाई पक्राउ गरेको छ ।