सरकार सञ्चालन समन्वय समिति बैठक बालुवाटारमा, के विषयमा हुँदैछ छलफल ?

काठमाडौं — सरकार सञ्चालन समन्वय समितिको बैठक बालुवाटारमा जारी छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार सञ्चालन समन्वय समितिको बैठक बसेको हो ।

बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी छन् । बैठकमा राष्ट्रिय साभ निर्वाचन, सरकार सञ्चालनलगायत विषयमा छलफल भइरहेको छ ।

आगामी माघ १२ गते १९ पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

साथै, बैठकमा राजदूत नियुक्तिबारे पनि छलफल भइरहेको बताइएको छ ।