
आर्थिक वर्ष २०७९/८० को बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै डा. भीम रावलले एमसीसीका विषयमा फेरि पनि प्रश्न उठाएका छन् ।
डा.रावलले व्याख्यात्मक टिप्पणीसहित बहुमत संसद्ले पारित गरिएको भनिएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको विवादास्पद प्रावधान सच्याइएको प्रमाण खोइ पेश गरेको भनेर प्रश्न गरेका छन् ।
एमसीसी परियोजना प्रति तीब्र असन्तुष्टि राख्दै आएका रावले भने, ‘एमसीए नेपालको कार्यालय सञ्चालनको जिम्मेवारीसमेत रहेको अर्थमन्त्रालयका मन्त्रीले प्रारम्भमा नै शीर ठाडो गरेर एमसीसी सम्झौताका राष्ट्रिय हितविपरीतका, स्वाधीनता र संविधानविपरीतका प्रावधानहरू व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरिएको भनिएको थियो । उक्त विवादास्पद प्रावधानहरू हटाइएको प्रमाण सरकारले खै पेश गरेको ?’