एमालेलाई मत माग्ने अधिकार छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मत माग्ने अधिकार नभएको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले आज बिहान काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी एमालेलाई मत माग्ने आधार नभएको बताएका हुन् ।पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उनले बताएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरेका छन् ।तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद विघटन गरिएको महामन्त्री थापाले तर्क गरेका छन् ।