
भारतीय चर्चित गायक तथा इन्डियन आइडल २०२१ विजेता पवनदिप राजन काठमाडौं आउने भएका छन्।

काठमाडौंमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन्। ३६५ इभेन्ट्स एण्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा पवनदिपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन्।
बिज्ञापन



डिस्ट्रिक्ट अवार्ड एण्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले आयोजना गरेको अर्वाड तथा फण्ड रेजिङ्ग कार्यक्रममा चर्चित गायक पवनदिपले काठमाडौंको पाँचतारे होटल हायात रेजेन्सीमा प्रस्तुति दिनेछन्।

साथै यही माघ १ गते रोटरी क्लव अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा चर्चित गायक पवनदिपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिने छ।
पवनदिप राजन इण्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन्।