ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी : सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तकोशी नगरपालिका-१० बस्ने २८ वर्षीय लालदेव चौधरी छन्।

बिज्ञापन

सप्तकोशी नगरपालिका- ४ बलारदहस्थित कन्चरूप फत्तेपुर भित्री सडक खण्डमा फत्तेपुरबाट कन्चनरूपतर्फ जादैँ गरेको ना३ख ९९३२ नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको स १० प ४६३५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको बुधबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ट्रक र मोटरसाइकललाई  नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेलेको भनाइ छ।