स्थानीय तहको चुनाव बैशाख ३० गते

काठमाडौँ  । सरकारले स्थानीय तहको चुनाव बैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को अहिले जारी बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

बिज्ञापन

यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो ।

मन्त्रिपरिषद्‍को आजको बैठक बस्ने निर्णय गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको हो ।