
गोरखाको चुमनुब्री गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका छन्।

लामाले एक हजार ६२४ मत प्राप्त गरेका छन् ।कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गरे । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गरेका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित भएका थिए ।गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ ।
बिज्ञापन



