सुर्खेतको कपासेमा बोलेरो जीप दुर्घटना, एकको मृत्यु

सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटना भएको छ । बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिब २० मिटर तल खसेको थियो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ती मध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका एसपी भुवनेश्वर तिवारीले बताए ।

बिज्ञापन

मृत्यु भएका तथा घाइते भएकाहरूको पहिचान भने खुलिसकेको छैन । घाइतेहरूको अहिले प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।