प्रचण्ड र बाबुरामबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराइबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच जारी भेटवार्ता जारी रहेको जनाइएको छ ।

दुई नेताबीच समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको छ । दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेता पनि सिंहदरबार आउने बताइएको छ । अपराह्न उनीहरूको त्रिपक्षीय छलफल गर्ने तय गरेका छन् ।

बिज्ञापन