अन्तिम पटक चुनाव लड्ने एकीकृत समाजवादी नेता खनालको भनाई

भैरहवा/  नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधि सभामा उम्मेदवार हुने बताएका छन्। खनालले आफू यसपालि इलामको क्षेत्र नम्बर-१ बाट नै सत्तारूढ गठबन्धनको उम्मेदवारका रूपमा चुनाव लड्ने बताएका छन्।

आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता खनालले आगामी मंसिरमा हुने चुनावमा लड्ने बताएका हुन्।

बिज्ञापन

खनालले भने, ‘जनतासँगको माया-पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एक पटक लड्छु।’ उनले आफूले इलाम–१ बाट जित्ने विश्वाससमेत व्यक्त गरे। खनालले अहिलेको चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताए।