
मोरङ । मोरङको सुनवर्षी नगरपालिका ८ खरेबारी सीमाबाट सशस्त्र प्रहरीले २ वटा पेस्तोलसहित २ जना युवकलाई पक्राउ गरेको छ ।

को.२७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सोही ठाउँका २८ वर्षीय आरिफ आलम पक्राउ परेको एपीएफले जनाएको छ ।
बिज्ञापन



उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल एक वटा म्याग्जिन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोल बरामद भएको छ ।

आलमले उक्त पेस्तोल उर्लाबारी नगरपालिका-६ बस्ने २९ वर्षीय नविन धिमालले मगाएको बताएपछि धिमाललाई पनि पक्राउ गरिएको सशस्त्रले जनाएको छ । धिमालको साथबाट ४७ हजार ७ सय ७० नेपाली रूपैयाँ र दुई थान मोबाइल सेट बरामद गरिएको सशस्त्रको भनाइ छ ।