प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरू शितल निवासमा

काठमाण्डौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरू राष्ट्रपति निवास शितल निवास पुगेका छन्।

प्रधानमन्त्री देउवासँगै कांग्रेस उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शितलनिवास पुगेका हुन्।

बिज्ञापन

उनीहरू दिउँसो शितल निवास पुगेका हुन्। ‘राष्ट्रपतिले भेट्न बोलाएपछि प्रधानमन्त्रीसहित नेताहरू शितलनिवास पुगेका हुन् । नागरिकता विधेयकका बारेमा कुराकानी गर्न बोलाएको श्रोतको दाबी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलगायत विषयमा विभिन्न पार्टीका नेताहरू तथा संविधानविदलगायतसँग यसअघि पनि कुराकानी गर्नु भएको थियो। नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन समितिमा छलफलका लागि पठाएको छ।