प्राधिकरणले राख्यो चार्जिङ स्टेसन, एक पटकमा ३ वटा सवारी चार्ज गर्न मिल्ने

नेपाल बिद्युत प्राधिकरणले एउटा चार्जिङ स्टेसन सन्चालनमा ल्याएको छ। मंगलबार प्राधिकरण प्राङ्गणमा बनाइएको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चालनमा आएको हो ।

चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने बताए ।

प्राधिकरण प्राङ्गणमा सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने घिसिङको भनाई छ । उनले दिउसोको समयमा भन्दा रातिको समयमा चार्ज गर्दा कम मूल्य लाग्ने बताए ।