बिराटनगरको रोडशेषबाट प्रहरीद्वारा अवैध सामान बरामद
बिराटनगर।  मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेषबाट भन्सार छलीगरी नेपाल भित्राउदै गरेको अवैध सामग्री प्रहरीले बरामद गरेको छ ।
गएराती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 7K 1724 नम्वरको ट्रयाक्टरमा करिव ३७ लाख मुल्य बरावरको बिभिन्न प्रकारका मोटर पार्टसहरु अबैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा बरामद गरेको जनाएको छ।
प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।