
काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा आज एकैदिन ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो ।
बिज्ञापन



यस्तै शुक्रबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् ।
