
रुपन्देही । कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ ।
कृष्णनगरदेखि चन्द्रौटा जाने क्रममा विजयनगर गाउँपालिका- ५ जोगिनियामा मोटरसाइकलबाट बाटोमा खसेर ३५ वर्षका सेवकराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
चौधरी कृष्णनगर भन्सार कार्यालयका कार्यालय सहयोगी थिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार २ जनामध्ये चालक कपिलवस्तु बाणगंगा- ११ तेतियाका रहेका छन् । मृतकको घर काठमाडौंमा रहेको प्रहरीले जनाएको छ ।इप्रका गणेशपुरका प्रमुख विजय तिमिल्सिनाले मोटरसाइकल चलाउने र पछाडि बस्ने दुवै भन्सारका कर्मचारी रहेकाे जानकारी दिए ।
पछाडि बस्ने चौधरी मोटरसाइकलबाट खसेर घाइते भएको स्थानीयले बताएको जानकारी दिँदै प्रहरीले उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ ।