
कैलाली। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताउनु भएको छ । प्रेस चौतारी कैलालीले आज अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उहाँले पाँच दलीय गठबन्धन नेपालीको हितमा नरहेको भन्दै जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको बताउनुभयो ।
अधिकांश समय सरकारकै आलोचनामा खर्चनु भएका उहाँले आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको टिप्पणी गर्नुभयो।
यही सरकार रहिरहने हो भने मुलुक श्रीलंकाको अवस्थामा जाने निश्चित रहेको उहाँले ठोकुवा समेत गर्नुभयो । उहाँले एमालेको सरकार नबने मुलुक थप संकटमा पुग्ने बताउनुभयो ।