
काठमाण्डौ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उठ्नो घोषणा गरेका सुमन सायमीले आँफू सांसद भए कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सायमीले आफू पदमा हुँदाको ५ वर्ष कुनै सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन्। उनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिने संकल्पका साथ अभियानमा छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार थिए। सायमीले १३ हजार ७ सय ७० मत ल्याएका थिए।
सायमी कै नेतृत्वमा गत बिहीबार ललितपुरको सानेपामा एक कार्यक्रम आयोजना गर्दै उनकै संयोजगत्वमा स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा भइसकेको छ।
सोही दिन प्रदेशसभा र प्रतिनिधसभा सदस्यका लागि १० जनाले उम्मेदवारी समेत घोषणा गरेका थिए। उनीहरु सबैले लौरो चुनाव चिन्हबाट निर्वाचनमा होमिने छन् ।