
दमक। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सर्व सम्मत सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ५ को क्षेत्रीय समितिले ओलीको एकल नाम सिफारिस गरेको दमक नगद कमिटी उपाध्यक्ष दिपेश दाहालले ओमकार टाईम्सलाई जानकारी दिनुभयो । ओली ७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत प्राप्तगर्नु भएको थियो।
बिज्ञापन



