बस दुर्घटनामा ३ को मृत्यु ५ जना घाइते

नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । काभ्रे र सिन्धुलीको सीमानामा पर्ने नेपालथोकमा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ ।

सुनकाेशी गाउँपालिकामा पर्ने नेपालथोक भने सिन्धुलीतर्फ पर्छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा३ख २३५९ नम्बरको बस दुर्घटना भएको हो ।

बिज्ञापन

तीब्र गतिमा गुडेको बस अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन भने घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार शुरु गरिएको छ ।