सुनको मुल्यमा वृद्धि

काठमाडौं : आज (सोमबार) सुन तोलामा ३ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७१ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज तीन सयले वृद्धि भएर ७१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बिज्ञापन

महासंघका अनुसार तेजावी सुन पनि ३ सयले बढेको छ । बजारमा तेजाबी सुनको मूल्य तोलामा ७१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।

 

यस्तै, आइतबार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीमा ५ रुपैयाँले वृद्धि भएर आज ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।