भोलिसम्म सिट बाँडफाँडको टुंगो लाग्ने प्रचण्डको दाबी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धन दलहरुबीच सिट बाँडफाँडको टुंगो भोलिसम्ममा लाग्ने दाबी गरेका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि आज धनगढी पुगेका प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनले सय सीट मागेको कांग्रेसले ८० सिट वरपर मान्ने संकेत दिएको दाबी समेत गरे।

बिज्ञापन

माओवादीले भने ६० सिट लिनेगरी भागबण्डा गर्न लागिएको उनले बताए । तर, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले पनि २५ मागिरहेकाले भागबण्डामा अप्ठेरो भइरहेको उनले बताए । उनले बुधबार शीर्ष नेताहरू बसेर टुंगो लगाउने बताए।

आफू चितवनको क्षेत्र नम्बर तीनबाटै चुनाव लड्ने पक्का रहेको भन्दै प्रचण्डले अन्यत्रबाट आफ्नो नाम सिफारिस गर्नुको अर्थ नभएको उल्लेख गरे ।