३४ लाख बराबरको कपडा सहित ३ जना पक्राउ

काठमाडौं–इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले भारतबाट भन्सार छली ल्याइएको कपडासहित तीन जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका–५ का रामरतन यादव, जयमंगल प्रसाद यादव र हेमचन्द्र तिवारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरुले ५ वटा मोटरसाइकलमा अवैध रुपमा सो कपडा ल्याएर सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल टोल स्थित मोजाहिर मियाँको घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

बिज्ञापन

 कुर्ता सुरूवाल, बच्चाको सुट, सर्ट ,पाईन्ट ,साडी, सेण्डो लगायतका गरी ३३ लाख ९० हजार बराबरको कपडा बरामद भएको प्रहरीले जनाएको छ । 

कपडा कारवाहीको  लागि भन्सार कार्यालय वीरगञ्ज पठाइने प्रहरीले जनाएको छ । रातोपाटीबाट।