
काठमाडौं– भारतको गुजरातमा आयोजना हुने भाईब्रेन्ट गुजरात समिट कार्यक्रममा सहभागि हुन पुष २५ गते भारत भ्रमणमा जानलागेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण अन्यौलमा परेको छ ।

भारतमा कोरोना माहामारीको प्रकोप बढन थालेपछी दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट पोस्टपोन्ड भएपछी देउवाको भ्रमण अन्योलमा परेको हो ।
बिज्ञापन



भारतिय समाचार एजेन्सी बिजनस टुडेका अनुसार गुजरात प्रदेश सरकारले कोरोनाको ओमिक्रोन भेरिएन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको हो ।

प्रधानमन्त्री देउवा सहित २० सदसिय प्रतिनिधिमण्डल पुष २५ देखी २७ गतसम्मे गुजरात जाने तयारीमा थिए ।