राष्ट्रिय सभाको बैठक आज, यस्तो सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्ने गरी तय भएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न प्रतिवेदनहरू सभामा पेश गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय सभा सचिवालयका अनुसार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७७/७८, राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन २०७७/७८, राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७७/७८ र सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

बिहीबार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको थियो।